भीम गौतम / राजधानी
काठमाडौं, ९ असार
काठमाडौं, ९ असार
बिहीबार
सरकारले गर्न लागेको नेपालको पुर्नर्निर्माणका लागि अन्तर्राष्ट्रिय
सम्मेलनमा सहरी विकास मन्त्रालयले नौ प्रकारका घरका डिजाइन प्रदर्शन गरिने
भएको छ ।
भूकम्पपछिका
क्षतिग्रस्त घरको सट्टा नेपालका ग्रामीण क्षेत्रमा निर्माण हुने भूकम्प
प्रतिरोधी नौ प्रकारका घर मन्त्रालयले प्रदर्शनमा राख्न लागेको हो ।
मन्त्रालयको
भवन विभागले तयार पारेका ती घरहरूको नक्सासहितको फ्लेक्स दाता र विकास
साझेदारलाई ध्यानाकर्षण गराउने सम्मेलन केन्द्र सोल्टी होटेलको परिसरमा
प्रदर्शन गरिने कार्यक्रम छ ।
‘नौ
प्रकारका भूकम्प प्रतिरोधी घर सम्मेलन केन्द्रको वरिपरि प्रदर्शनमा राख्न
लागेका छौं,’ भवन विभागमा उपमहानिर्देशक रवि शाहले भने, ‘ग्रामीण क्षेत्रमा
उपयोग हुने घरहरू प्रदर्शनमा राखिन लागिएको छ ।’
बढी
ग्रामीण र कम सहरी क्षेत्रमा समेत उपयोगी हुने ती डिजाइन विशेष गरी
भूकम्पबाट अति प्रभावित १४ जिल्लालाई लक्षित गरी बनाइएको भवन विभागले
जनाएको छ ।
प्रदर्शनमा एकतले, तिनतले
र दुईतले ६ प्रकारका घरका डिजाइन विभागले तयार पारेको छ । विभागका अनुसार,
ढुंगा–माटो, ढुंगा–सिमेन्ट, इँटा–सिमेन्टलगायतका भवनहरू प्रदर्शनमा सहभागी
छन् ।
प्रदर्शनका लागि तयार पारिएका
भवनको मोडेल, प्रविधि, कामदार, लागतलगायतबारे समेत उल्लेख गरिएको छ ।
विभागका उपमहानिर्देशक शाहका अनुसार, साढे तिन लाखदेखि २० लाखसम्म पर्ने
भवनहरू प्रदर्शनमा राखिनेछन् ।
जाइकाका नमुना घर प्रदर्शन
काठमाडौं÷रास— जापान
अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ललितपुरको पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा नमुना घर प्रदर्शन गरेको छ ।
ग्रामीण
तथा ग्रामीण र सहरी दुवै क्षेत्रमा उपयोगी हुने भूकम्प प्रतिरोधी दुई घरका
डिजाइन प्रदर्शन गरेको हो । बुधबार र बिहीबार सर्वसाधारणका लागि समेत ती
नमुना घर हेर्न खुला गरिएको छ । बुधबार जाइकाले प्रदर्शनका लागि राखेका
नमुना घरहरू सहरी विकासमन्त्री डा. नारायण खड्का तथा जापानका परराष्ट्र
राज्यमन्त्री निउरो किउची, नेपालका लागि जापानी राजदूत मासासी आगावा र
जाइका अध्यक्ष अकिहिको तानाकाले निरीक्षणसमेत गरेका छन् । ग्रामीण
क्षेत्रका लागि उपयोगी हुने नमुना घर दातृ तथा विकास साझेदारको सम्मेलन
स्थलबाहिर समेत प्रदर्शनमा राखिन लागेको जाइकाले जनाएको छ ।
http://www.erajdhani.com/article/0871324001435195867
No comments:
Post a Comment