राजधानी समाचारदाता /काठमाडौं
भारत
भ्रमणमा रहेका अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री नरेन्द्र
मोदीलाई भेटेर १० असारमा हुन लागेको दाता सम्मेलनमा विशेष अतिथिका रूपमा
सहभागी हुन निमन्त्रणा गरेका छन् ।
भारतीय
प्रधानमन्त्री मोदीको कार्यालयमै भेटेर अर्थमन्त्री डा. महतले
प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट सो निमन्त्रणा हस्तान्तरण गरेका
हुन् । निमन्त्रणा हस्तान्तरण गर्दै महतले मोदीको उपस्थितिले नेपालीलाई
हौसला मिल्ने तथा पुनर्निर्माणका लागि स्रोत परिचालनमा पनि सकारात्मक
सन्देश जाने बताए । अर्थमन्त्री महतले नेपालमा भूकम्पले पु¥याएको धनजनको
क्षति र पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमबारे प्रधानमन्त्री मोदीलाई
जानकारी गराएका थिए । महतले भूकम्पपछि तत्काल छिमेकीका हैसियतले भारतले
उद्धार तथा राहतका लागि गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
भेटमा
भारतीय प्रधानमन्त्री मोदीले सकेसम्म आफैं आउने, आफू आउन नभ्याएमा वरिष्ठ
मन्त्री पठाउने जानकारी अर्थमन्त्रीलाई दिएका थिए । अर्थमन्त्रीको भनाइ
उद्धृत गर्दै अर्थ मन्त्रालयले जनाएअनुसार मोदीले आफू सहभागी हुन नपाए पनि
पुनर्निर्माणका लागि भारतको उत्तिकै सहयोग हुने आश्वासन पनि दिएका छन् ।
अर्थमन्त्री
महतले भारत भ्रमणका बेला वित्तमन्त्री अरुण जेटली तथा विदेशमन्त्री सुष्मा
स्वराजसँग पनि भेटेका थिए । वित्तमन्त्री जेटलीसँगको भेटमा प्रधानमन्त्री
मोदीको नेपाल भ्रमणका अवसरमा भएको सहयोगको घोषणा कार्यान्वयन, नेपालको
भारतसँगको व्यापार घाटा न्यूनीकरण, भारतमा नेपाली वस्तुका लागि लाग्दै आएको
समीकारक शुल्क, ५ सय र १ हजारका भारु नोटको समस्या तथा नेपालीको भारतीय
बैंकहरूमा खाता सञ्चालनजस्ता विषयमा छलफल भएको थियो ।
छलफलका
क्रममा वित्तमन्त्री जेटलीले दुई मुलुकबीचका प्राविधिक समितिहरूमा छलफल
गराएर यी समस्याको समाधान निकालिने आश्वासन दिएका थिए ।
यसैबीच
शुक्रबारै अर्थमन्त्री महतले भारतका उद्यमी व्यवसायीहरूलाई नेपालमा लगानी
गर्न आग्रह गरेका छन् । एसोसिएटेड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज इन
इन्डिया एसोच्यामले नयाँ दिल्लीमा आयोजना गरेको अन्तक्र्रियामा उनले
नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
http://www.erajdhani.com/article/0808673001434158703
No comments:
Post a Comment