Wednesday, September 4, 2013

‘उच्च मनोबलका साथ काम गर

काठमाडौं÷रास– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक अर्जुन कार्कीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । ट्रान्सफर्मर प्रकरणका कारण विगत दुई महिनादेखि दैनिक कामबाहेक कुनै निर्णय प्राधिकरणले गर्न नसकिरहेको बेला बुधबार पदबहालीपछिको कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।
आपूm कार्यकारी निर्देशक रहुन्जेलसम्म गर्ने सबै निर्णय र कामको जस–अपजस आफैंले लिने भन्दै उनले उच्च मनोबलका साथ प्राधिकरणको काम कारबाही अघि बढाउन निर्देशन दिए । ‘विगतका कमजोरीको म जिम्मा लिन सक्दिनँ, अबका दिनको म सबै जिम्मेवारी लिन तयार छु,’ उनले भने, ‘म उपकार्यकारी निर्देशकहरूलाई प्रतिबद्ध बनाउँछु, उपकार्यकारी निर्देशकहरूले निर्देशकहरूलाई प्रतिबद्ध बनाउनुस्, त्यसपछि क्रमशः सबैलाई जिम्मेवार बनाएर प्राधिकरणलाई अघि बढाऔं ।’

No comments: