ट्रान्सफर्मर खरिद प्रकरण
काठमाडौ, १७ भदौ
ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पक्राउ परेका १० जनालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
नेपाल विद्युत प्राधिकरण अर्थ विभागका निमित्त उपकार्यकारी निर्देशक अर्जुनकुमार चौहानसहित १० जनालाई थप अनुसन्धान गर्न अख्तियारले सोमबार अनुमति दिएको हो । उनीहरुलाई अख्तियारले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको थियो ।
२०६६÷०६७ को लट नम्बर ३ अन्र्तगत सहवान्त इलेक्ट्रिक थाईल्याण्डद्धारा खरिद गरिएको करिब १६ सय गुणस्तरहिन ट्रान्सफर्मर प्रकरणमा चौहानसहित १० जनालाई आइतबार पक्राउ गरी अख्तियारले हिरासतभमा राखेको थियो । पुर्व महाप्रबन्धक युगोलकिशोर शाह, प्रशारणतर्फका प्रबन्धक हरिबहादुर गोसी, केन्द्रीय लेखा उपनिर्देशक महेशकुमार कार्की, पुर्व सह–निर्देशक शशिविक्रम थापा, सिमरा वितरण केन्द्र प्रमुख निमेषकुमार पोखरेल, इलेक्ट्रिक इन्जिनियर विनोदकुमार स्वर्णकार, कठमाडौ उपत्यका प्रणाली सुदुढीकरण आयोजना प्रमुख मनोज बराल, सहायक इलेक्ट्रिक इन्जिनियर रामविजुल मण्डल र कावासोती वितरण प्रमुख इन्जिनियर सुरजप्रसाद शाहलाई थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

No comments:
Post a Comment