Monday, September 2, 2013

गौरवका सिँचाइ आयोजनाको प्रगति ९७ प्रतिशत


काठमाडौं÷रास—
सिँचाइ मन्त्रालयअन्तर्गत पर्ने चार राष्ट्रिय गौरवका आयोजनामा आर्थिक वर्ष ०६९÷७० मा ९७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । सिँचाइ मन्त्रालयले आइतबार गरेको आवको वार्षिक योजना तथा कार्यक्रमको समीक्षामा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिएको थियो ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सिक्टा सिँचाइमा ९६ दशमलव ७३, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ९७ प्रतिशत, बबई सिँचाइ आयोजनाको ९६ दशमलव ७६ तथा भेरी बबई ड्राइभर्सन आयोजनामा शतप्रतिशत प्रगति भएको कार्यक्रममा जानकारी दिइयो । मन्त्रालयका अनुसार ती चार आयोजनाका लागि गत आवमा कूल ३ अर्ब ६५ करोड २१ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको थियो । सो बजेटमध्ये ३ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रिय महŒवका आयोजनाको निर्माणलाई तीव्रता दिनुपर्ने भन्दै ऊर्जा एवं सिँचाइमन्त्री उमाकान्त झाले चालू आवमा पनि लक्षित प्रगति हासिल गर्न सम्बन्धित निकायलाई सो अवसरमा निर्देशन दिए ।
मन्त्रालय तथा अन्य निकायबाट समस्या उत्पन्न भए ती समस्या समाधान गर्दै आयोजना तोकिएको समयमा निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री झाले स्पष्ट पारे । बैठकमा सिँचाइ सचिव प्रतापकुमार पाठकले आयोजनामा देखिएका समस्या सम्बन्धित निकाय वा मन्त्रालयले समाधान गर्ने बताए । गत आवमा सिँचाइ मन्त्रालयका लागि विनियोजन गरिएको ११ अर्ब २४ करोड ८१ लाख ४२ हजार रुपैयाँमध्ये १० अर्ब १७ करोड २९ लाख ४५ हजार रुपैयाँ खर्च भएको समीक्षा बैठकका अवसरमा जानकारी गराइएको थियो ।
गत आवको बजेट तीन पटक सार्वजनिक भएका कारण पटक–पटक कार्यक्रम तर्जुमा गर्नुपरेकाले शतप्रतिशत प्रगति हुन नसकेको मन्त्रालय योजना तथा कार्यक्रम महाशाखाका सहसचिव कमलप्रसाद रेग्मीको दाबी रहेको छ । चालू आवका लागि मन्त्रालयअन्तर्गत सिँचाइ तथा नदी नियन्त्रणसम्बन्धी ३० ओटा योजना तथा कार्यक्रम सञ्चालन गर्न १२ अर्ब ५६ करोड ५५ लाख ४६ हजार रुपैयाँ छुट्ट्याइएको छ । विनियोजित कार्यक्रममध्ये हालसम्म १२ ओटा कार्यक्रम राष्ट्रिय योजना आयोग तथा मन्त्रालयले स्वीकृत गरिसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
http://www.erajdhani.com/en/business/13926------

No comments: