–नयाँ किन्न नसक्दा मिटर समेत रित्तिदै
भीम गौतम\राजधानी
काठमाडौं, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले आफूसँग भएको मिटर समेत ग्राहकलाई दिन नसक्दा मिटरको अभाव बढ्दै गएको छ ।
प्राधिकरणको केन्द्रीय भण्डारमा करिब ५० हजार मिटर मौजाद हुँदा पनि देशभरिका प्राधिकरणका शाखा र वितरण केन्द्रमा भने नयाँ मिटर रित्तिदै गएका छन् । केन्द्रीय भण्डार शाखा हेटौडाका प्रमुख नारायण चौधरी तथा सहायक सरोज श्रेष्ठ गुणस्तरहिन ट्रान्सफर्मर प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानवीनको क्रममा हिरासतमा लिएपछि भण्डारबाट मिटर वितरण हुन नसक्दा चरम अभाव हुन थालेको छ ।
एक महिना अघि उनीहरुलाई अख्तियारले पक्राउ गरेपछि हाल मिटर वितरण गर्ने व्यक्ति समेत प्राधिकरणले व्यवस्था गर्न सकेको छैन । विकल्पमा आउने अर्को कर्मचारीलाई पहिलाकै कर्मचारीले हिसाबकिताबसहित विवरण बुझबुजारथ गर्नुपर्ने व्यवस्था रहेको छ । बुजबुझारथ गर्ने व्यक्तिनै अख्तियारको नियमन्त्रणमा रहेकोले नयाँ व्यक्तिले मिटर दिन सक्ने अवस्था समेत नभएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् तर यसका लागि प्राधिकरणले वैकल्पिक व्यवस्था गर्नुपर्ने भएपनि एक महिना वितिसक्दा पनि गर्न सकेको छैन ।
कम्प्युटर एडेड इन्भेन्टरी सिष्टम (सीउआईएस) मार्फत मात्र मिटर वितरण गरिने भएपनि तथा त्यो कम्प्युटर चलाउने श्रेष्ठ हिरासतमा रहेकोले नयाँ मिटर वितरण गर्न अर्को समस्या छ । ‘जिल्ला जिल्लामा मिटरको अभाव चुलिएको छ, वितरण गर्ने कर्मचारी नहुँदा भण्डारभित्र रहेका मिटरहरु समेत वितरण हुन सकेको छैन ।’–प्राधिकरणका एक अधिकारीले भने–‘समस्या आएपछि प्राधिकरण व्यवस्थापनले वैकल्पिक व्यवस्था गर्नुपर्ने हो, त्यो पनि ट्रान्सफर्मर प्रकरण मच्चिएपछि कसैले चासो दिएनन् ।’
प्राधिकरणका अनुसार, प्रत्येक महिना देशभर करिब २० हजार मिटरको आवश्यकता पर्छ । तर एक महिनादेखि लान नपाउँदा विद्युतको नयाँ ग्राहकलाई प्राधिकरणले सेवा दिन नसक्ने अवस्था सिर्जना भएको छ । मिटर अभाव भएपछि अहिले तत्कालका लागि एक अर्का जिल्लाबाट सापट लिएर चलेपनि अधिकांश वितरण केन्द्रमा मिटर सकिदै गएको छ । प्राधिकरणका अनुसार, केन्द्रीय भण्डारमा करिब ५० हजार मिटर रहेपनि बुजबुजारथ गर्ने व्यक्ति हिरासतमा परेकोले प्राधिकरणलाई समेत अर्को व्यक्ति पठाउनका लागि समस्या परेको छ । ‘मिटरको समस्या देखिएकोले भण्डारमा वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिएको छ तर बुजबुजारथ गर्न समस्या छ ।’–प्राधिकरण ग्राहक तथा वितरण सेवाका उपकार्यकारी निर्देशक उपेन्द्रदेव भट्टले भने ।
गुणस्तरहिन ट्रान्सफर्मर खरिद प्रकरण चर्केपछि दुई बर्षदेखि नकिन्दा ट्रान्सफर्मरको अभाव भोगिरहेको प्राधिकरणमा मिटरको समेत अभाव हुन थालेको छ । प्रत्येक ६÷६ महिनामा ट्रान्सफर्मर किन्नुपर्ने भएपनि विगत एक बर्षदेखि खरिद नहुँदा मिटरको समस्या पनि प्राधिकरणमा बढ्न थालेको छ । २ लाख नयाँ मिटर किन्ने प्रकृया अघि बढेपनि प्राधिकरणको जिन्सी व्यवस्थापन महाशाखाका प्रमुख कृष्णबहादुर थापा र सहायक प्रबन्धक सुरेन्द्र पनेरु समेत ट्रान्सफर्मर प्रकरणमा हिरासतमा परेपछि त्यो प्रंकृया समेत रोकिएको छ । पहिला उक्त शाखामा जानका लागि प्राधिकरणका कर्मचारीहरुबीच प्रतिष्पर्धा हुने भएपनि अहिले कसैले जान नमानेपछि त्यो शाखामा समेत कर्मचारीको अभाव छ ।
प्राधिकरणका अनुसार, टेण्डर लगायत सबै प्रकृया पुरा गरेर नयाँ मिटर किन्न कम्तीमा ६ महिना लाग्छ तर भएको मिटरले करिब २ महिना मात्र पुग्ने भएकोले मिटरको समेत समस्या हुने अवस्था आएको हो । ‘ट्रान्सफर्मर जस्तै ठूलो समस्याको रुपमा नयाँ मिटरको अभाव समेत हुँदैछ ।’–प्राधिकरणका ती अधिकारीले भने–‘नयाँ मिटर ग्राहकलाई प्राधिकरणले दिन नसकेपछि चोरी झन बढ्छ तर प्राधिकरणले वैकल्पिक व्यवस्था गरेर तत्काल खरिद प्रकृया अघि नबढाए नयाँ मिटरको समेत ठूलो समस्या हुँदैछ ।’

No comments:
Post a Comment