राजधानी
समाचारदाता काठमाडौं, २० भदौ दक्षिण एसियामा जलवायु परिवर्तनको असर घटाउन
एकीकृत जलस्रोत विकासका लागि सहकार्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका
छन् । जलवायु परिवर्तनले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गर्न सरकारी
निकाय, गैरसरकारी संस्था, नागरिक समाजलगायतका सरोकारवाला निकायहरूले दक्षिण
एसियामा एकीकृत कार्यक्रम अघि बढाउन जोड दिएका हुन् । एसिया प्रशान्त
अनुकूलन सञ्जाल र विश्व जल साझेदारी दक्षिण एसियाको सहयोगमा विश्व जल
साझेदारी नेपाल÷जलस्रोत विकास संस्थाको संयुक्त आयोजनामा काठमाडांैमा
आयोजित दुईदिने क्षेत्रीय जलवायु परिवर्तन अनुकूलन तथा समानुकूलन तालिमको
आवश्यकता र अन्तरमूल्यांकनसम्बन्धी कार्यशालामा यस्तो जोड दिइएको हो ।
कार्यशालामा जलस्रोत, सिँचाइलगायतको
विकासमार्फत आर्थिक समृद्धि हुने भन्दै उनीहरूले दक्षिण एसियाका
राष्ट्रहरूबीच सहकार्य गरी एकीकृत जलस्रोत विकास गर्न सकिने बताए ।
कार्यशालामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, जापान,
माल्दिभ्सलगायत विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय निकाय तथा
संघ÷संस्थाका प्रतिनिधि गरी ४० जनाको सहभागिता थियो । ती देशका विज्ञहरूले
आफ्नो देशमा जलवायु परिवर्तनले पारेको असरबारे कार्यपत्र प्रस्तुत गर्दै
जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि दक्षिण एसियाली जनतालाई
क्षमतावान् बनाउन दक्षता अभिवृद्धि कार्यक्रमलाई जोड दिनुपर्ने उल्लेख गरे ।
सो अवसरमा जलवायु परिवर्तनका कारण दक्षिण
एसियाली क्षेत्रको अर्थतन्त्रका साथै उत्पादनमा परेको असरबारे ती देशका
प्रतिनिधिमार्फत विशेषतः जल सुरक्षा, स्वदेशी ज्ञान तथा सिकाइ,
अनुकूलनसम्बन्धी प्रविधि र क्षमता तथा एकीकृत जलस्रोत व्यवस्थापनबाट जलवायु
समानुकूलन गर्न आवश्यक क्षेत्रीय सहयोग प्रवद्र्धन गर्नेलगायतका विषयमा
प्रकाश पारिएको थियो । कार्यक्रमका सहभागीले स्थानीय प्रविधिलाई उपयोग
गर्नुपर्ने, देश–देशबीच जलवायु परिवर्तनसम्बन्धी तथ्यांकहरू र अनुभवहरू
आदान–प्रदान गर्नुपर्ने, जलस्रोतको एकीकृत व्यवस्थापनका रणनीतिहरू
बनाउनुपर्र्ने, अनुकूलनका नयाँ तथा वैज्ञानिक प्रविधिहरू प्रयोग
गर्नुपर्नेलगायतका विषयमा जोड दिएका थिए ।
http://erajdhani.com/en/national/14191-----
No comments:
Post a Comment