काठमाडौं\रास—
नेपाल विद्युत् प्राधिकरणका निलम्बित कर्मचारीका ठाउँमा अन्य कर्मचारीहरू
सरुवा गरिएको छ । निर्वाचन आयोगको सहमति लिई प्राधिकरणले खाली ठाउँमा अन्य
कर्मचारीलाई सरुवा गरेको हो । हुबेई सनलाइट इलेक्ट्रिक कम्पनी र सहवान्त
थाइल्यान्डमार्फत खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि १३ निलम्बित कर्मचारीलाई
सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको निर्देशकमा
सुनिल ढुंगेल, काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनामा
नारायणकुमार प्रसाइँ, सिमरा वितरण केन्द्र प्रमुखमा गजेन्द्र चौधरी, धादिङ
प्रमुखमा मनोजकुमार झा, केन्द्रीय भण्डारमा रमेश शाह, लगनखेल प्रमुखमा
भुपेन्द्रकुमार झा, जिन्सी तथा व्यवस्थापन महाशाखा प्रमुखमा विश्ववन्धु
खनाल, उत्पादन लेखा प्रमुखमा प्रेमबहादुर ऐर र नेपालगञ्ज क्षेत्रीय
प्रमुखमा ओमप्रकाश राठीलगायतलाई सरुवा गरिएको छ ।
दुई महिनादेखि प्राधिकरणले खाली ठाउँमा
कर्मचारी नपठाउँदा मिटरको अभाव, नयाँ मिटर तथा ट्रान्सफर्मर किन्ने
प्रक्रियालगायतका काम अघि बढ्न सकेका थिएनन् ।
http://erajdhani.com/en/business/15691----
No comments:
Post a Comment