ट्रान्सफर्मरमा अर्को घोटाला
भीम गौतम, डिल्ली आचार्य\राजधानी
काठमाडौं, १६ भदौ
न्सफर्मर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण अर्थ विभाग प्रमुख रहेका निमित्त उपकार्यकारी निर्देशक अर्जुनकुमार चौहानसहित १० जनालाई पक्राउ गरेको छ । विश्व बैंकको सहयोग र प्राधिकरण आफंैले खरिद गरेको १ हजार ९ सय ९५ थान ट्रान्सफर्मरमा भ्रष्टाचार गरेको भन्दै २२ कर्मचारी र ठेकेदार कम्पनीका चारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएलगत्तै अख्तियारले अर्को घोटाला प्रकरणमा आइतबार १० जनालाई पक्राउ गरी हिरासतमा लिएको हो । २०६६÷०६७ को लट नम्बर ३ अन्तर्गत सहवान्त इलेक्ट्रिक थाइल्यान्डद्वारा खरिद गरिएको करिब १६ सय गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा चौहानसहित १० जनालाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको हो ।
अख्तियारले पूर्वमहाप्रबन्धक युगोलकिशोर शाह, प्रसारणतर्फका प्रबन्धक हरिबहादुर गोसी, केन्द्रीय लेखा उपनिर्देशक महेशकुमार कार्की, पूर्वसह–निर्देशक शशीविक्रम थापा, सिमरा वितरण केन्द्र प्रमुख निमेषकुमार पोखरेल, इलेक्ट्रिक इन्जिनियर विनोदकुमार स्वर्णकार, काठमाडौं उपत्यका प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख मनोज बराल, सहायक इलेक्ट्रिक इन्जिनियर रामबिजुल मण्डल र कावासोती वितरण प्रमुख इन्जिनियर सुरजप्रसाद शाहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाह ८ असोज २०६६ देखि २० मंसिर २०६७ सम्म प्राधिकरणको महाप्रबन्धक थिए । प्राधिकरणले सो लटमा ग्राहक तथा वितरण सेवा पूर्वअन्तर्गत १ हजार ५ सय सय ६७ ओटा र पश्चिमतर्फ साना जलविद्युत्का लागि २७ थान ट्रान्सफर्मर खरिद गरेको थियो । सो प्रकरणमा प्राधिकरणका कार्यरत र पूर्वकर्मचारी पक्राउ गरे पनि अख्तियारले सहवान्त कम्पनीको नेपाली एजेन्ट एपेक्स मार्केट्रिङ लिमिटेडका गणेशमान सिंह र कम्पनीका जिम्मेवार पदाधिकारीलाई भने पक्राउ गरेको छैन ।यसअघि अख्तियारले हुवेई सनलाइट इलेक्ट्रिक चीनमार्फत खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित २२ उच्च अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
अख्तियारले प्राधिकरण आफैंले खरिद गरेको पहिलो चरणको ट्रान्सफर्मरमा ३१ करोड ८२ लाख ५ हजार ५ सय ७४ रुपैयाँ र राष्ट्र बैंकको सहयोगमा गरिएको खरिदमा ९ करोड ३६ लाख ३४ हजार ९ सय ९७ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित उक्त ट्रान्सफर्मर प्रकरणमा मुद्दा दायर गरेको थियो । प्राधिकरणले ०६७\०६८ मा चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीबाट १ हजार ९ सय ९५ ओटा गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको थियो ।
http://www.rajdhani.com.np/en/component/content/article/40-2013-01-07-17-38-33/13922---------
http://www.rajdhani.com.np/en/component/content/article/40-2013-01-07-17-38-33/13922---------
No comments:
Post a Comment