Wednesday, September 4, 2013

जलविद्युत्मा राष्ट्रवाद र भीर मौरी

निर्यातमूलक ठूला आयोजनामा छिमेकी मुुलुक भारतस“ग फाइदा बा“डफा“टमा बलियो बार्गेनिº गर्न नसक्नु कांग्रेसको कमजोरी देखिएको छ । नेपालमै निर्माण भइरहेका विभिन्न आयोजनामा अवरोध गर्नमा कमजोर नदेखिएका एमाले, एकीकृत माओवादीमा समेत ठूला जलविद्युत् तथा सि“चाइ आयोजनाबाट नेपालले लिने फाइदाको बा“डफा“टमा कमजोर बार्गेनिº देखिन्छ ।
भीम गौतम:-
भीरमौरीको घार सुन्दर हुन्छ । त्यो देखेपछि गुलियोको स्वाद सम्झेर हरेकले थुक निल्छन् तर न त्यो सुन्दर घारलाई छुन सकिन्छ, न स्वाद लिन नै ।भीरमौरी र महको व्याख्या त जति पनि गर्न सकिन्छ तर हेरेर थुक निल्दै चित्त बुझाउनुको विकल्प हुँदैन । किनकि विशेष प्रविधिको उपयोग नगरीकन मान्छे आफंैले भीर मौरीको मह चाख्नु असम्भव जस्तै छ । ६ हजार नदीनाला भएको नेपालमा ठूला र सुन्दर नदीहरू यही ‘भीर मौरी’ जस्तै बन्दै छन् ।
जुन प्राकृतिक स्रोत उपयोग नभएपछि निरन्तर बगिरहेका छन् र हामी भने पानीलाई खेर जान दिएर ती खोलानालाबारे अनावश्यक विवाद र बहस गरिरहेका छौं । लोडसेडिङ समस्या बढेकै छ, सिँचाइ नभएर अकासे पानीको भर पर्नुपर्ने अवस्था घटेको छैन । नेपालमै बनाउन लागेका आयोजना बनाउन नदिने र विदेशीलाई पनि बनाउन नदिने प्रवृत्ति झाँगिएको छ । यसले उल्टो विदेशको परनिर्भरता बढाइरहेको छ तर नेपालमा विदेशी हस्तक्षेप र राष्ट्रवादको कुरा चर्को रूपमा उठिरहेकै छ । आयोजनाहरू बनाउन नदिएर विदेशीको भर पर्नुपर्ने अवस्थामा हाम्रो राष्ट्रवाद केबल फिक्का मात्र हुन्छ भन्ने यथार्थतालाई कसैले बिर्सनुहुन्न । ठूल्ठूला जलविद्युत् आयोजना र सिँचाइ आयोजना यही राष्ट्रवादको सिकार भएका छन्, जसको कारण १ लाख मेगावाटभन्दा बढी जलविद्युत् क्षमता भएको नेपालमा जम्मा ७ सय मेगावाट मात्र जलविद्युत् उत्पादन भएको छ । सिँचाइको समस्या पनि चुलिँदो छ ।
प्राकृतिक स्रोतसाधनमा धनी नेपालमा जलविद्युत् आयोजना बनाउन नदिएकै कारण भारतबाट दैनिक १ सय ५० मेगावाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । जलविद्युत् आयोजनामा समेत परनिर्भरता भोग्नुपर्ने हाम्रो देशमा राष्ट्रवादको चर्को कुरा भने थेगिनसक्नुको छ । राष्ट्रवादको चर्को कुरा गरेर जलविद्युत् आयोजना, सिँचाइ आयोजनालगायत बन्न नदिनेमा जनताको प्रतिनिधि हुँ भन्ने दलहरू पनि छन् ।
बहुदलीय प्रजातन्त्र स्थापनापछि एमाले, एकीकृत माओवादी, हुँदै अहिले नेकपा–माओवादीले जलविद्युत् आयोजनामा चर्को राष्ट्रवादको कुरा गरिरहेको छ । निर्यातमूलक आयोजनाप्रति माओवादीको चर्को आलोचना छ । पहिला एमाले, एकीकृत माओवादीले निर्यातमूलक आयोजनालाई ™ाष्ट्रघात भने पनि उनीहरू अहिले भने नेपालको जलविद्युत् विकासमा स्वदेशी तथा विदेशी दुवैको लगानी तथा निर्यातमूलक आयोजना पनि बनाउन दिने पक्षमा देखिएका छन् ।
कांग्रेसले जलविद्युत् आयोजनामा चर्को राष्ट्रवाद नदेखाए पनि स्वदेशी आयोजना निर्माणको क्रममा कांग्रेस कार्यकर्ताले अवरोध गर्ने गरेका घटना सार्वजनिक छन् । अर्कोतर्फ निर्यातमूलक ठूला आयोजनामा छिमेकी मुुलुक भा™तसँग फाइदा बाँडफाँटमा बलियो बार्गेनिङ गर्न नसक्नु कांग्रेसको कमजोरी देखिएको छ । नेपालमै निर्माण भइ™हेका विभिन्न आयोजनामा अवरोध गर्नमा कमजोर नदेखिएका एमाले, एकीकृत माओवादीमा समेत ठूला जलविद्युत् तथा सिँचाइ आयोजनाबाट नेपालले लिने फाइदाको बाँडफाँटमा कमजोर बार्गेनिङ देखिन्छ ।
जलवायु परिवर्तनलगायतका कारणले पानीको बहाव कमजोर हुँदै गएका बेला जति नेपालले जलविद्युत् र सिँचाइको उपयोग गर्न ढिलाइगर्छ, त्यत्तिकै हाम्रो पानीको स्रोत मर्दै जाने कुरा निश्चित छ । यसकारण स्वदेशी तथा विदेशी लगानीकर्तालाई भिœयाएर छिटोभन्दा छिटो ठूला आयोजना बनाउन दिनुपर्छ । ३० वर्षपछि स्वतः जलविद्युत् आयोजनाहरू नेपाल सरकारको स्वामित्वमा आउने सक्ने यथार्थ भुलेर आयोजनाहरू बनाउन नदिँदा नेपालको राष्ट्रियता झन् कमजोर बन्दै गएको छ । ऊर्जा संकट गहिरिँदो छ , सिँचाइको समस्या बढेकै छ ।
जसको कारण पेट्रोलियम पदार्थ र ग्याँस मात्र होइन, जलविद्युत्मा समेत भारतको भर पर्नुपर्ने अवस्था आएको छ । अर्कोतिर सिँचाइ नभएर उत्पादन कमजोर भएकै कारण आलु प्याजदेखि चामलसम्म भारतकै भर पर्नुपर्ने अवस्था छ । चर्का राष्ट्रवादको कुरा छाडेर यथार्थतिर मुलुकका राजनीति शक्ति गएको भए कर्णाली चिसापानी, पञ्चेश्वर, सप्तकोसी, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीजस्ता ठूला आयोजनाहरू बनिसक्थे । ती आयोजनाबाट पाउने निःशुल्क ऊर्जाबाट नेपालमा ऊर्जा संकट हट्थ्यो भने भारतबाट अर्बौं रुपैयाँको पेट्रोलियम पदार्थ र ग्याँस ल्याउनु पर्दैनथ्यो । चीनबाट लाखौंको इलेक्ट्रिक सामान ल्याउनुपर्दैनथ्यो । जसले नेपालको राष्ट्रियता कमजोर होइन, बलवान् बनाउँथ्यो ।
विडम्बना त्यही भारतबाट जलविद्युत्देखि खाद्यान्नसम्म ल्याउनुपर्ने र चीनबाट इलेक्ट्रिक सामान ल्याएर ऊर्जा संकट समाधान गर्नुपर्ने बाध्यतामा रहेका हामी उही खोक्रो राष्ट्रवादको कुरा गरिरहेकै छौं । विदेशीलाई निर्यातमुखी जलविद्युत् आयोजना बनाउन दिँदा त्यसबाट बढीभन्दा बढी फाइदा कसरी लिने भन्नेमा हाम्रो प्रतिस्पर्धा भएको भए सायद हामी धेरै धनी भइसक्थ्यौं र हाम्रो राष्ट्रियता पनि बलियो हुन्थ्यो ।
स्वदेशी जलविद्युत् आयोजनामा चन्दा, बन्द, हड्तालजस्ता दुःख नदिएर समयमै बनाउन दिएको भए पनि हाम्रो ऊर्जा संकट धेरै समाधान हुनेतिर लाग्थ्यो तर विडम्बना विकास निर्माणदेखि दैनिक उपभोग्य वस्तुका लागि समेत विदेशी भर पर्नुपर्ने बाध्यतामा रहेका हाम्र्रो लागि त्यही परनिर्भरता सबैभन्दा कमजोर राष्ट्र र राष्ट्रियता बन्नुको कारण बनेको छ । यतिसम्म कि जलविद्युत् आयोजना बने त नेपालले अर्बौंको पेट्रोल पदार्थ र ग्याँस निर्यात गर्नु नपर्ने भएकाले उही विदेशीले हामीलाई जलविद्युत् आयोजना नबनाउनका लागि राष्ट्रियता पाठ सिकाइरहेको छ र हामी चर्का कुरा गरिरहेका छौं ।
बगेर खेर जाने पानीलाई जति खेर जान दिन्छौं, त्यति राष्ट्रका लागि घाटा हुन्छ । यसलाई रोकेर राख्न सकिँदैन । बरु गिटी, ढुंगा, बालुवालगायतलाई भने रोकेर राख्न सकिन्छ । यी कच्चा पदार्थ भारतदेखि दुबईसम्म दिनदिनै गइरहेका छन् । यसले हाम्रो प्रकृतिलाई झन् खोक्रो बनाइरहेको छ । यसमा चाहिँ राष्ट्रवादका चर्का कुरा गर्नेहरूको किन विरोध हुँदैन ? पहिला सियो बनाऊँ अनि भारतलाई भनांै, तिम्रो सियो नेपाललाई चाहिँदैन । ज्याकेट कारखाना खोलौं र भनौं चीन तिम्रो ज्याकेट चाहिँदैन ।
ठूल्ठूला जलविद्युत् आयोजना निर्यातमूलक भए पनि बनाएर अर्बौं आम्दानी गरेर ठूल्ठूला उद्योगहरू सञ्चालन गरौं र देशको आर्थिक ढुकुटी बलियो बनाऊँ र भनौं, विश्व बैंक, एसियाली विकास बैंक तिमीहरूकोे सहयोग नेपाललाई आवश्यक छैन, हामी आफैं सक्षम भइसक्यौं । गरिब मुलुक भएबापत विभिन्न अन्तर्राष्ट्रिय सरकार र गैरसरकारी संघ÷संस्थालाई भनौं, ‘हाम्रा सभासद्लाई पाल्ने पैसा हामीसँग छ, हाम्रो नीति निर्माण गर्ने पैसा हामीसँगै छ ।
’ देशको नीति निर्माणदेखि सभासद्लाई समेत चढ्ने गाडीसमेत विदेशीको भर पर्नुपर्ने हाम्रा लागि खोक्रो राष्ट्रवादको जति चर्का कुरा गरे पनि कमजोर बन्दै गएको छ । हाम्रो गरिबी र कमजोरीको फाइदा उठाएर विदेशीले विदेशीको अनावश्यक हस्तक्षेप बढेको छ । हरेक सहयोगमा कुनै न कुनै स्वार्थ जोडिएको हुन्छ । मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् उत्पादन बढाएर उद्योगधन्दा बढाउनुको विकल्प छैन । समयमै जलविद्युत् आयोजना नबनाएर औद्योगिक उत्पादनतिर नलाग्ने हो भने अझ विदेशी परनिर्भरता बढाउँछ ।

No comments: