Wednesday, September 11, 2013

अन्तरदेशीय प्रसारण लाइनमा विश्व बैंकको ४ अर्ब सहयोग

राजधानी समाचारदाता काठमाडौं, २६ भदौ नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन तथा व्यापार आयोजना कार्यान्वयन गर्न विश्व बैंकले ४ अर्ब सहयोग गरेको छ । ४ सय केभीको दुहवी–ढल्केवर–हेटांैडा तथा २ सय २० केभीको भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणका लागि ३ अर्ब ९० करोड डलर अर्थात् ४ अर्बबराबरको सहयोग गरेको हो । सहयोग रकममध्ये २० लाख डलर अनुदान र बाँकी ऋण हो ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र विश्व बैंकका प्रबन्धक ताहसिन सैयदले हस्ताक्षर गरे । विश्व बैंककै ९ करोड ९० लाख डलरमा सुरु भएको आयोजना सन् २०१५ को जुलाईसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा प्रबन्धक सैयदले अन्तरदेशीय प्रसारण लाइन छिटो बन्दा नेपालको ऊर्जा संकट समाधानका लागि सहयोग पुग्ने बताए । सहसचिव मरासिनीले विद्युत् क्षेत्रमा प्रसारण लाइन समस्या बन्दै गएकाले विश्व बैंकको सहयोगले प्रसारण लाइन निर्माणमा थप सहयोग पुग्ने बताए । सन् २००७ मा समझदारी भएर चार वर्Èभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको निर्माणमा ढिलाइ भइरहेको छ । तर, एक वर्षयता प्रसारण लाइन निर्माणको कार्य दु्रतगतिमा अघि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनका लागि पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) तथा भारतमा क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) गठन भइसकेको छ ।
४ सय केभीको ढल्केवर–मुजफरपुर प्रसारण लाइनअन्तर्गत ढल्केवरदेखि महोत्तरीको भिठ्ठामोडसम्म ४० किलोमिटर तथा भिठ्ठामोडदेखि भारतको मुजफरपुरसम्मको १ सय किलोमिटर लामो छ । आयोजनाका लागि सम्भाव्यता अध्ययन, डिटेल सर्भे, वातावरणीय परीÔण, सामाजिक अध्ययन, प्रारम्भिक इन्जिनियरिङ डिजाइनलगायत कार्य सकिएको छ । तर, सन् २०१२ को डिसेम्बरभित्र वित्तीय व्यवस्थापन सक्ने उल्लेख भए पनि ढिलाइ भएको छ ।

No comments: