Wednesday, July 10, 2013

स्थानीय नेताद्धारा विद्युत चुहावट रोक्ने प्रतिवद्धता

काठमाडौं÷रास–
काठमाडौको सा“खु र आसपासका क्षेत्रमा रहेको विद्युत चुहावट रोक्न स्थानीय राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । २५ प्रतिशत चुहावटको कारणले नेपाल विद्युत प्राधिकरणले बर्षेनी ६ अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेको बेला साँखु क्षेत्रका बासिन्दा र स्थानीय राजनीतिक दलहरुले चुहावट रोक्नका लागि प्राधिकरणलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्राधिकरण जोरपाटी वितरण केन्द्रको सहयोगमा अडियो भिजुयल आर्टस एण्ड साइन्स प्रालि अनामनगरले साँखु क्षेत्रमा आयोजना गरेको विद्युत चुहावट नियन्त्रण कार्यक्रममा उनीहरुले चुहावट रोक्नका लागि प्राधिकरणले गर्ने अभियानमा सक्दो सहयोग गर्ने बताए । एकीकृत माओवादीका नारायण गोतामे, कांग्रेसका शंकर तिवारी, एमालेका शंकरमान श्रेष्ठ, माओवादीका रत्न श्रेष्ठ, राप्रपाका नविन नेपाल लगायतले कार्यक्रममा चुहावट रोक्ने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले यी क्षेत्रमा रहेका नांगो तार हटाउन प्राधिकरणलाई सुझाव दिँदै लाइन काट्ने र चुहावट रोक्नका लागि प्रतिवद्धता जनाएको केन्द्रका प्रमुख बाबुराम सुवेदीले जानकारी दिए । ‘स्थानीयबासीदेखि राजनीतिक दलका प्रतिनीधिहरुले समेत चुहावट रोक्ने प्रतिवद्धता जनाएका छन् ।’–उनले भने–‘प्राधिकरणलाई चुहावट रोक्ने अभियान अघि बढाउनका लागि थप हौसल्ला मिलेको छ ।’ उनका अनुसार, केन्द्र अन्तर्गतका १२ गाविसमा करिब १६ प्रतिशत चुहावट छ । कार्यक्रममा लप्सीफेदी गाविसका सचिव ऋषिराम अधिकारी, नाङलेभारे गाविसका सचिव सानप्रसाद घिमिरे लगायतले समेत चुहावट रोक्नका लागि सहयोग गर्ने जनाएका थिए । केन्द्र अन्तर्गत विगत तीन बर्षमा विद्युत चोरी गर्ने दुई सय ग्राहकबाट करिब २० लाख वक्यौता उठाइएको र कालोसुचीमा रहेका ग्राहकबाट १४ लाख २९ हजार बराबरको वक्यौता उठाएको प्रमुख सुवेदीले जानकारी थिए । कार्यक्रममा स्थानीय राजनीतिका दलका प्रतिनीधिसहित एक सयभन्दा बढी स्थानीयबासी सहभागी भएका थिए । उनीहरुले आफूहरु चुहावट रोक्नका लागि सहयोग गर्न तयार रहेको बताउँदै प्राधिकरणले समेत नाङगो तार परिवर्तन लगायतका सुधार गर्न सुझाव दिएका थिए ।

No comments: