Sunday, July 7, 2013

प्राधिकरणका क्षेत्रीय निर्देशकहरु सरुवा

राजधानी समाचारदाता
काठमाडौं, २३ असार
 नेपाल विद्युत प्राधिकरणले क्षेत्रीय निर्देशकहरु सरुवा गरेको छ ।
प्राधिकरणले ६ क्षेत्रीय निर्देशकहरु सरुवा गरेको हो । क्षेत्रीय निर्देशकहरु प्राधिकरणको ११ औ तहका कर्मचारी पठाउने गरिएको भएपनि प्राधिकरण व्यवस्थापनले अधिकांश १० तहका कर्मचारी पठाइएको छ । ११ औ तहका कर्मचारीहरुले क्षेत्रीय निर्देशक बन्न इच्छा नदेखाएपछि १० औ तहका कर्मचारी पठाएको प्राधिकरण व्यवस्थापनले जनाएको छ ।
पुर्वाञ्चल विकास क्षेत्रका निर्देशकमा दीपक आचार्यलाई सरुवा गरिएको छ भने सुधीर सिंहलाई काठमाडौ ल्याइएको छ । त्यसैगरी जनकपुर क्षेत्रीय निर्देशकमा विभुतिनाथ मिश्रलाई सरुवा गरिएको छ भने हेटौडा क्षेत्रीय निर्देशकमा जनकपुरका रामएकवाल यादवलाई ल्याइएको छ । हेटौडाका क्षेत्रीय निर्देशक बज्रभुषण चौधरीलाई चुहावट महाशाखामा सरुवा गरिएको छ । बुटवलको क्षेत्रीय निर्देशकमा पद्मकान्त झा सरुवा गरिएको छ भने बुटवलका क्षेत्रीय निर्देशक महेन्द्र अधिकारीलाई काठमाडौ ल्याइएको छ ।
त्यसैगरी नेपालगञ्जको क्षेत्रीय निर्देशकमा सिन्धु यादवलाई लगिएको छ भने नेपालगञ्जका निर्देशक सुर्यनाथ यादवलाई काठमाडौ ल्याइएको छ । त्यसैगरी पोखरा र सुदुरपश्चिमका निर्देशकलाई भने यथावत राखिएको छ ।
त्यसैगरी त्रिशुली ३ ए जलविद्युत आयोजनाको क्षमता विस्तारमा संलग्न भएको आरोपमा प्राधिकरण अर्थ शाखाका जयन्द्र श्रेष्ठलाई सचिवालयको जगेडामा राखिएको छ भने त्रिशुली ३ ए आयोजनाका प्रमुख गोपालबाबु भट्टराईलाई काठमाडौ ग्रिडमा पठाइएको छ ।


No comments: