Tuesday, July 9, 2013

कालीगण्डकी जलविद्युत् आयोजनाको सदृढीकरण गरिँदै

राजधानी समाचारदाता काठमाडौं, २४ असार
१ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको सुदृढीकरण गरिने भएको छ । बालुवा थिग्राउने पोखरी, बाँधको दायाँ किनाराको क्षेत्रको बाटो र डाँडा भासिनेलगायतका समस्या देखिएपछि विश्व बैंकको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सुदुढीकरण गर्न लागेको हो ।
प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो जलविद्युत् आयोजनाको सुदुढीकरण आयोजनाअन्तर्गत इन्टेक परिवर्तन गरी साइफन गेट हाल्ने, बाँध सुरक्षासम्बन्धी प्रक्रिया र नीति तय गर्ने, इलेक्ट्रिक पाटपुर्जाको मर्मत गर्ने, मेन इनलेट भर्ब सुधार्ने कार्य गरिनेछ । ‘अबको आर्थिक वर्षभित्र परामर्शदाता नियुक्तिका साथै इलेक्ट्रिक उपकरणहरू खरिद गरिसक्ने र अर्को वर्षभित्र सिभिललगायतका कार्य सुरु गरिनेछ,’ प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले भने । चार वर्षभित्र सम्पन्न हुने सुदृढीकरण आयोजनाका लागि विश्व बैंकले २ करोड ६० लाख ७२ हजार डलर ऋण सहयोग गरेको छ ।
कालीगण्डकी सुदृढीकरणका साथै विद्यालय सुधार आयोजना र गरिबी निवारण कोषको गरी तीन परियोजनाका लागि बैंकले १९ अर्ब ९२ करोड २० लाख रुपैया“बराबरको ऋण तथा अनुदान सहयोग प्रदान गरेको छ । सोमबार अर्थ मन्त्रालयका अर्थ सचिव शान्तराज सुवेदी र विश्व बैंकका देशीय निर्देशक तासिन सैयदले हस्ताक्षर गरेका छन् । प्राप्त सहायतामध्ये १२ करोड ५० लाख अमेरिकी डलर अनुदान र ८ करोड २२ लाख ६० हजार अमेरिकी डलर ऋण रहेको छ । विद्यालय Ôेत्र सुधार कार्यक्रमको चालू परियोजनाअनुसार कÔा १२ सम्मलाई मा

No comments: