http://www.rajdhani.com.np/en/business/12150-----
भीम गौतम\राजधानी
भेसे (मकवानपुर), १४ साउन
भीम गौतम\राजधानी
भेसे (मकवानपुर), १४ साउन
ठेकेदारसँगको विवादका कारण निर्माणमा
ढिलाइ भएको निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलाशययुक्त
जलविद्युत् आयोजनाको ‘ब्रेक थु्र’ बल्ल भएको छ । ४२ सय २१ मिटर मुख्य
सुरुङको शतप्रतिशत निर्माण पूरा भएर सोमबार एक समारोहका बीच सुरुङको ‘ब्रेक
थु्र’ भएको हो ।
मकवानपुर जिल्लाका सरकारीका कार्यालय,
राजनीतिक दल तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूको विशेष
उपस्थितिमा ‘प्रकृतिमाथि मानव विजय’को रूपमा सगुनसहित ब्रेक थु्र गरिएकोे
थियो । ‘सन् २००८ मा सुरु भएर सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि
ठेकेदारसँगको विवादका कारण निर्माणमा ढिलाइ भएको र फेरि सो ठेकेदारमार्फत
काम अघि बढाएर बल्ल ब्रेक थु्र भएको छ,’ आयोजना प्रमुख मधुसूदनप्रताप
मल्लले भने, ‘आयोजनाका लागि मुख्य सुरुङको ब्रेक थु्र हुनु एउटा विशेष
खुसियाली हो ।’
अडिट नम्बर १ बाट ११ सय ७२ मिटर र अडिट
नम्बर ९७२ बीचको मकवानपुर जिल्लाको भैंसे गाविसको रातोमाटोस्थित बिन्दुमा
ब्रेक थु्र भएको छ । अब ३ सय ७६ मिटर पेनस्टकमध्ये १ सय १२ मिटर निर्माण
सकिइसकेको छ । आयोजनाका अनुसार, अडिट नम्बर १ को ३०७, अडिट नम्बर २ को ४४८,
अडिट नम्बर ३ को १९८ र अडिट नम्बर ४ को १ सय ९० मिटर सुरुङ निर्माण पूरा
भइसकेको छ । अन्य निर्माण सम्पन्न भएका अधिकांश आयोजनाहरूमा सुरुङ निर्माण
गर्दै जाँदा दुवैतर्फको सुरुङको ब्रेक थु्र हुने बेलामा ४०÷५० सेन्टिमिटर
फरक पर्ने भए पनि कुलेखानीमा ठ्याक्कै मिलेको थियो । ‘४०÷५० सेन्टिमिटरसम्म
दुवैतर्फको सुरुङको लम्बाइ, उचाइ, चौडाइ फरक पर्नुलाई सामान्य नै
मान्नुपर्छ ।
तर, अचम्म कुलेखानीमा ठ्याक्कै मिल्यो, एक
सेन्टिमिटर पनि फरक परेन,’ ब्रेक थु्रपछि आयोजनाका उपप्रबन्धक जगदीश
यादवले भने, ‘अँध्यारो सुरुङभित्र खन्दै जाँदा यसरी एक सेन्टिमिटर पनि फरक
नपर्ने आयोजना एकदम कम छ, थोरै त फरक हुन्छ हुन्छ ।’ मकवानपुर जिल्लाको
भैंसेमा निर्माण भइरहेको आयोजनाको अन्य इलेक्ट्रिक, बाँधलगायतका कार्य भने
जारी छ । हालसम्म आयोजनाको ६६ प्रतिशत काम पूरा भइसकेको छ भने सन् २०१४ को
सेक्टेम्बरभित्र आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ । आयोजनाका
अनुसार, हालसम्म हेडवर्कसको काम ९० प्रतिशत, टनेल लाइनिङको कार्य १८
दशममलव ६० प्रतिशत र पावर हाउसतर्फको कार्य ३८ दशमलव २३ प्रतिशत काम सकिएको
छ । ‘सबैभन्दा कठिन सुरुङ मार्गको निर्माण सकिएको छ, अब छिट्टै नयाँ
परामर्शदाता पनि आउँदै छ, द्रूत गतिमा अब निर्माण अघि बढ्छ,’ प्रमुख मल्लले
भने ।
सन् २००८ भित्र निर्माण सुरु भएको आयोजना
सन् २०११ भित्र सक्ने लक्ष्य राखिए पनि आयोजनाको ठेकेदार कम्पनी सिनो
हाइड्रोले सम्झौता तोडेपछि ढिलाइ भएको थियो । २५ पुस २०६८ मा ठेक्का तोडेको
सिनो हाइड्रोले सोही वर्षको फागुनदेखि थप ३० महिनाभित्र पूरा गर्ने
सहमतिपछि पुनर्निर्माणमा फर्केको थियो । आयोजनाका अनुसार, २ अर्ब ४३ करोडको
लागतमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको लागत बढेर ४ अर्ब २९
करोड पुग्ने अनुमान गरिएको छ । आयोजनाले प्राधिकरणसँग सो प्रस्तावसमेत पेस
गरिसकेको छ । आयोजनाका अनुसार, ठेकेदार कम्पनी, बेला–बेलामा स्थानीयवासीले
गरेको बन्द, हडताललगायतका कारणले आयोजनाको लागत ९० प्रतिशत र समय ६२
प्रतिशत बढेको हो ।
No comments:
Post a Comment