भीम गौतम\राजधानी
काठमाडौं, २३ असार
बिजुली पुगेको गाउँमा जुनसुकै बेला पनि ट्रान्सफर्मर पड्कन सक्छ । ट्रान्सफर्मर पड्के वा जलेमा पूरै गाउ“ अन्धकार हुन्छ । नियमित आकस्मिकताका रूपमा यस्तो घटना भए नेपाल विद्युत् प्राधिकरणस“ग ट्रान्सफर्मर नभएकाले उपभोक्ताले अँध्यारोमै बस्नुपर्ने अवस्था आएको छ । प्राधिकरणभित्र चर्केको गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणका कारण पछिल्ला दुई वर्षमा प्राधिक™णले ट्रान्सफर्मर नकिनेपछि जले वा पड्केमा सर्वसाधारण अँध्यारोमा बस्नुपर्ने बाध्यता आएको हो ।
केही गरी बिग्रेमा तत्काल प्रतिस्थापनका लागि प्राधिकरणस“ग कम्तीमा २÷३ सय ट्रान्सफर्मर जगेडा हुनुपर्छ, तर हाल एउटा पनि ट्रान्सफर्मर नभएको प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले जानकारी दिए । ‘पछिल्ला वर्षमा ट्रान्सफर्मर नकिनेकाले ट्रान्सफर्मरको अभाव देखिएको हो, जलेमा मर्मत गरेर उपयोग गर्नुपर्ने अवस्था छ,’ प्राधिकरणका कार्यकारी निर्देशक यादवले भने, ‘चाँडै ५ सयओटा ट्रान्सफर्मर खरिद गर्ने तयारी भइरहेको छ, तर त्यसका लागि समय लाग्छ ।’
उनले कुनै ठाउ“मा ट्रान्सफर्मर जलेमा त्यो गाउँ केही दिन अँध्यारोमै रहने र मर्मत गरेर मात्र उपयोग गर्नुपर्ने अवस्था विद्यमान रहेको बताए । कार्यकारी निर्देशक यादवले ट्रान्सफर्मर खरिद गर्ने तयारी भइरहेको बताए पनि प्राधिकरण पूर्वशाखाका एक कर्मचारीले अहिलेसम्म ट्रान्सफर्मर खरिदबारे कुनै प्रक्रिया अघि नबढेको दाबी गर्छन् । ‘जिल्लाजिल्लाबाट ट्रान्सफर्मर चाहियो भनेर माग आइरहेको छ, पठाउन सक्ने अवस्था छैन, हामीले छिटो खरिद गर्नुप¥यो भनिरहेका छौं, तर सम्बन्धित ठाउँले वास्ता गरेको छैन,’ उनले भने, ‘यस्तै हो भने ट्रान्सफर्मर अभावमा प्राधिकरणले भयावह समस्या भोग्नुपर्ने हुन्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा छानबिन गरेपछि ट्रान्सफर्मर खरिद र निरीक्षणमा जानसमेत प्राधिकरणका कर्मचारीहरू अनिच्छुक देखिएका छन् । पहिला ट्रान्सफर्मर खरिद गरिएको कम्पनी रहेको देश जान प्राधिकरणभित्र सोर्सफोर्स र प्रतिस्पर्धा हुने भए पनि अहिले भने प्राधिकरणभित्र ट्रान्सफर्मर खरिदतिर सबैले चासो दिन छाडेका छन् । ‘अहिलेदेखि ट्रान्सफर्मर छैन, ट्रान्सफर्मरहरू जल्दै गएमा यसले सबैभन्दा ठूलो समस्या निम्त्याउने अवस्था छ, तर कसैले किन्न चासो दिएका छैनन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘देशभर बिजुली सेवा पु¥याउने प्राधिकरणका लागि कुनै ट्रान्सफर्मर बिग्रेमा त्यसलाई मर्मत गरेर पुनः सञ्चालन ल्याउनुपर्ने अवस्था आउनु विडम्बना हो ।’
उनका अनुसार प्राधिकरणले ट्रान्सफर्मर खरिद गर्न लागे त्यसका लागि कम्तीमा चार÷पाँच महिना लाग्छ । ट्रान्सफर्मर अभावकै कारण बिजुली पुगेर पनि सर्वसाधारण अन्धकारमा बस्नुपर्ने अवस्था आएको छ ।पहिला ट्रान्सफर्मर किन्न प्राधिकरण पूर्व र पश्चिम शाखाका महाप्रबन्धकहरू निकै सक्रिय हुने भए पनि अहिले भने उनीहरू ट्रान्सफर्मरको नामसमेत सुन्न नचाहने एक कर्मचारीले बताए । २०६३ देखि २०६८ सालसम्म खरिद गरिएका अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन भएको सार्वजनिक भएर अख्तियारले छानबिन गरिरहेको छ ।
ट्रान्सफर्मर प्रकरणमा प्राधिकरणका उच्च अधिकारीसहित ३३ कर्मचारी संलग्न भएको अख्तियारले जनाएको छ । ‘प्राधिकरण ट्रान्सफर्मरविहीन बन्नुलाई सामान्य रूपमा लिन सकिँदैन, प्रकरण चर्कियो भनेर ट्रान्सफर्मर नै नकिन्नु गैरजिम्मेवार हो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तुरुन्तै ट्रान्सफर्मर किन्नतिर लाग्नुपर्छ, नत्र भोलि अँध्यारो भएर सर्वसाधारणले बिजुली अड्डा घेर्न थालेपछि प्राधिकरणले धेरै आलोचना खेप्नुपर्छ ।’ धनकुटालगायतका जिल्लामा यस्तो समस्या आइसकेको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment