Wednesday, July 3, 2013

ट्रान्सफर्मर प्रकरणका दुई ‘दोषी’सँग बयान

राजधानी समाचारदाता
काठमाडौं, १९ असार
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणद्धारा खरिद गरिएका गुणस्तरहिन ट्रान्सफर्मर प्रकरणमा मुछिएका थप दुई जना कर्मचारीस“ग बयान लिएको छ ।
गत बैशाखको अन्तिम सातादेखि बयान लिन सुरु गरेको अख्तियारले दोषी देखिएका प्राधिकरणका बहालवाला र पुर्व कर्मचारी समेत गरी बहुचर्चित ट्रान्सफर्मर प्रकरणमा मुछिएका ३३ कर्मचारीमध्ये दुई जनास“ग बयान लिएको हो । यसअघि ११ जना कर्मचारीस“ग अख्त्यिारले बयान लिईसकेको छ । बयान लिइएका कर्मचारीहरुमा नवराज ओझा र वोधराज ढकालस“ग बयान लिइएको अख्तियारले जनाएको छ ।
२०६४ सालदेखि २०६८ सालसम्म खरिद गरिएका अर्बौ लागत पर्ने करिब ५ हजार ट्रान्सफर्मरहरु गुणस्तरहिन भएको प्रतिवेदन सार्वजनिक भएपछि त्यो घोटाला प्रकरण सार्वजनिक भएको थियो । प्राधिकरणका अनुसार, गुणस्तरहिन ट्रान्सफर्मरको कारणबाट मात्र प्राधिकरणले बर्षेनी दुई अर्बभन्दा बढी घाटा बेहोरिरहेको छ । बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएको थियो । अख्तियारले पहिलो चरणमा ६ जनास“ग, दोस्रो चरणमा ५ जनास“ग  र तेस्रो चरणमा दुई जनास“ग बयान लिएको हो ।
२०६४ सालदेखि २०६९ सालसम्म खरिद गरिएका करिब ५ हजार ट्रान्सफर्मरहरु गुणस्तरहिन भएको प्रतिवेदन अघिल्ला तत्कालीन सञ्चालक सदस्य मुकेश काफ्ले र डा. केपी दुलालको संयोजकत्वमा रहेका छुट्टाछुट्टै समितिले दिएको थियो । त्यसपछि प्राधिकरणले अर्का तत्कालीन सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले गत भदौमा दिएको प्रतिवेदनमा कर्मचारीका उच्च अधिकारीसहित ३३ कर्मचारीहरु दोषी देखाएको थियो ।

No comments: