काठमाडौं÷रास—
सुधारिएको चुलोलाई प्रवद्र्धन गर्ने उद्देश्यले बुधबारदेखि राजधानीमा दुईदिने स्वच्छ चुलो मेला सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले इसिमोड, एसएनभी नेपाल, एसियाली विकास बैंकलगायतको सहयोगमा आयोजना गरेको सो मेलामा सुधारिएको चुलो प्रवद्र्धनमा सक्रिय सरकारी र गैरसरकारी संघ÷संस्थाका साथै विभिन्न कम्पनीको सहभागिता रहेको छ । परम्परागत चुलोलाई विस्थापन गरी नयाँ सुधारिएको चुलो बनाउँदा वातावरण संरक्षणका साथै ग्रामीण समुदायका गृहिणीहरूको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ ।
४४ स्टल राखिएको मेलाको उद्घाटन कार्यक्रममा नेपाल स्वच्छ चुलो सञ्जालको घोषणा गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै ऊर्जामन्त्री उमाकान्त झाले सुधारिएको चुलोबाट प्रदूषणमा कमी आई विभिन्न धूवाँजन्य रोगबाट बच्न सहयोग पुग्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्य, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेललगायतले नवीकरणीय ऊर्जा प्रवद्र्धनबारे चर्चा गरेका थिए ।
No comments:
Post a Comment