Tuesday, July 2, 2013

लोडसेडिङ ५ घण्टा मात्र

राजधानी समाचारदाता
काठमाडौं, १७ असार । नेपाल विद्युत प्राधिकरणले आगामी बुधबारदेखि लोडसेडिङ घटाएको छ ।
हप्ताको ४२ घण्टा लोडसेडिङ रहेकोमा घटाएर ३४ घण्टामा झारिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । उनका अनुसार, अब प्रत्येक दिन सरदर ५ घण्टा मात्र लोडसेडिङ हुनेछ । नदीहरुमा पानीको प्रवाह बढेपछि प्राधिकरणले लोडसेडिङ घटाइएको हो ।
अहिले  एक हजार मेगावाटको हाराहारीमा माग रहेकोमा अहिले करिब ७ सय मेगावाट विद्युत उपलब्ध छ भने करिब ३ सय मेगावाटको विद्युत अभाव छ । प्राधिकरणका अनुसार, प्राधिकरणले भारतबाट १ सय मेगावाट आयात गरिरहेको छ भने प्राधिकरणमार्फत ४ सय मेगावाट र दुई सय मेगावाट नीजि क्षेत्रबाट उत्पादन हु“दै आएको छ ।

No comments: